२०७७ माघ १० गते शनिवार
२०७७ माघ १० गते शनिवार

उपेन्द्र र ईस्तियाकको राजीनामा अझै स्वीकृत भएन्

काठमाडौं – समाजवादी पार्टी नेपालका नेताहरुले दिएको राजिनामा ३ दिन बितिसक्दापनि स्वीकृत भएको छैन । उपप्रधान एवम् कानुन,न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादव र सहरी बिकास मन्त्री मोहम्मद ईस्तियाक राईले आफ्नो पदबाट राजीनामा दिएको तीन दिन भइसकेको छ ।

उनीहरुले दिएको राजीनामाका विषयमा संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री मार्फत राष्ट्रपतिलाई जानकारी गराउने व्यवस्था रहेको छ । करिब १८ महिना सरकारमा रहेर गत मंगलबार उनीहरुले प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुको राजीनामा तत्काल स्वीकृत नगर्ने पक्षमा रहेको नेताहरुले जनाएका छन् । तर उनीहरुको राजीनामा स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।

उनीहरुले राजीनामा दिएपनि स्वीकृत नभएको अवस्थामा उनीहरु मन्त्री छ की छैनन् भन्ने प्रश्न पनि उठ्न थालेको छ । प्रधानमन्त्री ओली सभामुख र उपसभामुख चयन प्रक्रियासम्म राजीनामा स्वीकृत नगर्ने पक्षमा रहेको बालुवाटार श्रोतले खुलाएको छ ।

तर उनीहरुले दिएको राजीनामा स्वीकृत हुन्छ नै, अस्वीकृत हुने सम्भावना छैन । समाजवादी पार्टीका तर्फबाट मन्त्री बनेका उनीहरुले मंगलबार मन्त्रिमण्डलबाट राजीनामा दिएका थिए भने हिजो बुधबार समाजवादी पार्टीले पत्रकार सम्मेलन मार्फत सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।