२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

चिनी मिल मालिकलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौ- गृह मन्त्रालयले उखु किसानको बक्यौता नतिर्ने व्यापारीलाई पक्राउ गरि उद्योग मन्त्रालयमा उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको छ।

कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्राप्त पत्रका आधारमा गृह मन्त्रालयले  प्रहरी मुख्यालयलाई निर्देशन दिँदै बक्यौता नतिर्ने व्यापारीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन पत्राचार गरेको हो।

मन्त्रालयको पत्रका आधारमा प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएको छ। चिनी मिल मालिकलाई किसानको भुक्तानी नगरी ठगी गरेको आरोपमा यसअघि पनि पक्राउ गर्ने प्रयास गरिएको थियो। तत्कालीन उद्योगमन्त्री मातृका यादवले गृह मन्त्रालयसँगको समन्वयमा पक्राउ गरेर ठगी मुद्दा चलाउने तयारी गरे पनि अन्तिम समयमा रोकिएको थियो। उखु किसानहरुले प्रधानमन्त्री कार्यालयमा सहमति गर्दै भुक्तानी तुरुन्त गर्ने वाचा गरेका थिए।

त्यति गर्दा पनि भुक्तानी नपाएपछि किसानहरु आन्दोलनमा उत्रिएका छन्। पीडित किसानहरुले राजधानीकेन्द्रित आन्दोलन सुरु गरेपछि उद्योग र कृषि मन्त्रालयले उनीहरुलाई खोजी गरेको हो। प्रहरीको खोजीमा उनीहरु फेला नपरेमा ठगी मुद्दामा अघि बढ्ने तयारीमा सरकार छ।