नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले उपत्यकाका प्राचीन सम्पदामा खिचिएका तस्वीरहरू ट्वीटरमा राखेकी छन् ।
रातो पहिरनमा मोडलिङकै शैलीमा खिचिएका तस्वीर राख्दै राजदूत याङ्छीले नेपालको सौन्दर्यको वर्णनसहित नेपाल भ्रमणयोग्य रहेको उल्लेख गरेकी छन् ।
‘वास्तविक सौन्दर्यले सधैं मुटुको गहिराइसम्म छुन्छ । इतिहास, विविधता र प्रकृतिको साथमा सुन्दर नेपाल यात्राका लागि योग्य छ,’ राजदूत याङ्छीले ट्वीट गरेकी छन् ।
साथै उनले नेपाली भाषामा नै लेखेकी छन्– ‘२०२० नेपाल भ्रमाण वर्ष सफलताको शुभकामना !’