२०७७ मङ्सिर १७ गते बुधवार
२०७७ मङ्सिर १७ गते बुधवार

विद्यालयमा सेनेटरी प्याड खरिदै नगरी थालियो वितरण

सामुदायिक विद्यालयका छात्राका लागि महिनावारी हुँदा प्रयोग गरिने सेनेटरी प्याड खरिद गर्ने अत्तोपत्तो नभए पनि प्याड वितरणको औपचारिक थालनी सोमबारबाट गरिएको छ । देशभरिका सामुदायिक विद्यालयका कक्षा ६ देखि १२ सम्मका १४ लाख ३७ हजारभन्दा बढी छात्रालाई सेनेटरी प्याड निःशुल्क रूपमा उपलब्ध गराउन प्याड खरिदका लागि सरकारले एक अर्ब २७ करोड ७३ लाख रुपियाँ विनियोजन गरे पनि सो रकम स्थानीय तहमा पठाइसकिएको छैन ।