२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

रिपोटर्स क्लबको प्रदेश भेला दाङमा हुँदै

शरद रेग्मी , तुलसीपुर
१५ – पुस /

नेपाल भ्रमण बर्षको सुरुवात सगै रिपोटर्स क्लब नेपालको प्रदेश भेला दाङमा आयोजना गर्ने तयारी गरिएको छ । रिपोटर्स क्लब नेपाल प्रदेश नम्बर ५ का अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रदेश नम्बर ५ को भेला पौष महिनाको अन्तिम साता दाङमा गर्ने निर्णय गरेको हो ।

सो अबसरमा रिपोटर्स क्लब नेपालका केन्द्रिय अध्यक्ष ऋषि धमला सहित १२ जिल्लाका क्रियाशिल पत्रकार, नागरिक अगुवा सहित बिभिन्न दलका नेताहरु दाङमा आउने कार्यक्रम तय गरिएको छ । काठमाण्डौ सहित १२ जिल्लाका पत्रकार र नागरिक अगुवाहरु दाङमा आउदै गर्दा जिल्लाको पर्यटन प्रर्वद्धन र प्रचार प्रसारमा समेत टेवा पुग्ने अपेक्षा आयोजकले गरेको छ ।

कार्यक्रममा जिल्ला र प्रदेशमा बिभिन्न क्षेत्रबाट योगदान पु¥याएका उद्योगपती,ब्यबसायी,सुरक्षाकर्मी र दुई जना उत्कृष्ट पत्रकारहरुलाई पुरस्कृत गरिने कार्यक्रम समेत तय गरिएको महासचिब बिमल गौतमले जानकारी दिए ।