नयाँ वर्षको दिन एनसेलले ग्राहकलाई बम्पर उपहार प्रदान गर्ने भएको छ । कम्पनीले ग्राहकलाई ५० प्रतिशत छुटमा मासिक डेटा प्याक दिने भएको हो ।
जसअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले ५० प्रतिशत छुटमा १६ जिबी र ६ जिबी मासिक डेटा प्याक खरिद गर्न सक्नेछन् । यो अफर बुधबार एकदिनको लागि मात्रै लागु गरिएको छ । एनसेलका ग्राहकले बुधबार बिहान १२:०० बजे देखि मध्यरात ११:५९ सम्ममा ५० प्रतिशत छुटमा यी दुई वटा मासिक डेटा प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।
यो योजना अन्तर्गत ग्राहकले कर सहित एक हजार २०.२४ रुपैंया पर्ने १६ जिबी प्याक अब पाँच सय १०.१२ रुपैंयामा सुचारु गर्न सक्नेछन् । त्यस्तै यसअघि चार सय ५३.३० रुपैयाँ पर्ने मासिक ६ जिबी (३ जिबी+३ जिबी फोरजी डेटा) डेटा प्याक कर सहित अब दुई सय २६.६५ रुपैयाँमा सुचारु गर्न सकिने छ ।