बुटवल,
१५ – पुस / प्रदेश ५ सरकारले प्रदेशसभाको अधिवेशन माघ ५ गते आह्वान गर्न सिफारिस गरेको छ । चार महिनापछि पहिलोपटक अधिवेशन डाकिएको हो । प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।
मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख यादवले आगामी माघ ५ गतेलाई प्रदेश सभाको अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । प्रदेश प्रमुख यादवले नेपालको संविधानको धारा १३८ को उपधारा ९१० बमोजिम आगामी माघ ५ गते आइतबार दिनको १ बजेलाई प्रदेश अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव चिरञ्जिवी पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।