२०७८ असार ६ गते आइतवार
२०७८ असार ६ गते आइतवार

हामी शुरू भयौं !

पत्रकारीतालाई नयाँ आयम दिन आज देखि हामी विधिवत रूपमा छहरा अनलाईन लिएर आएका छौ । विभिन्न दृष्टिकोणले पिछडिएको हाम्रो पश्चिमदाङलाई केहि हद सम्म भएपनि पत्रकारिताको माध्यमबाट टेवा पुराउने लक्ष्य लिएका छौ । पश्चिमदाङलाई केन्द बनाएर दाङ जिल्ला मात्र नभई समग्र देशै भरीको सत्य तथ्य समाचार सम्प्रेशन गर्ने उद्देश्य हामीले लिएका छौं । आजको युग सुचना तथा सञ्चार प्रविधिको हो । हामी पनि सुचना तथा सञ्चार प्रविधिसँग जोडिदै यसको सहि सदुपयोग गर्ने कोशिसमा जुटेका छौ । पत्रकारिताको माध्यमबाट विभिन्न सत्य तथ्य घटनालाई वाहिर ल्याएर आवाज विहिनहरूको आवाज वन्ने छौ । विकट तथा पिछडिएको ठाउँका आवाज उठाउने छांै । कुनै पनि चिज प्रति आग्रह पूर्वाग्रह भई काम गर्ने छैनौ । समग्र गरिब, भोका, नाङ्गा, पिछडिएका वर्गका आवाज उठाउँदै कुनै जाति, धर्म, सस्कृति, लिङग प्रति आक्षेप लाग्ने समाचार प्रकाशित गर्ने छैनौ ।

हामी बहुजाति, बहुभाषिक, बहुधार्मिक हाम्रो सुन्दर देश नेपालका सच्चा नागरिक हांै । समाज रूपान्तरण गर्नु हाम्रो कर्तव्य हो । पत्रकारिताको माध्यमबाट समाज रूपान्तरणमा थप टेवा दिने छ यस छहरा अनलाइनले । पत्रकारिताको आचार संहिता भित्र रहि स्वच्छ पत्रकारिता गर्ने छौं । पत्रकारिताको मुलमर्मलाई कहिलै भुल्ने छैनौं । छहरा अनलाइन खोजी पत्रकारितालाई अगाडि बढाउने छ । यस अनलाइनले खोजी पत्रकारिता मार्फत समाजमा दबेका घटनालाई सवै समक्ष ल्याउने छ । सवैको आवाज समट्ने छ । हाम्रो समाचार ताजा, सत्य, तथ्य र सन्तुलित हुनेछ । हामी सवैसंग समन्वय गर्दै अगाडि बढ्ने छौं । तपाई र हाम्रो सहकार्य निरन्तर जारि रहने छ । आशा छ हामीलाई माया र साथ दिनुहुने छ । सवैको साथ र सहयोगको आशा राख्द छौ । हामी कत्ति पनि विचलितत नभई खोजि पत्रकारितालाई अगाडि बढाई रहने बाचा गर्दछौ ।

– छहरा अनलाइन परिवार