२०७७ असोज १५ गते बिहिवार
२०७७ असोज १५ गते बिहिवार

सूचना प्रविधि विधेयक सच्याउन नेपाली कांग्रेसको माग

१६ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदको विकास तथा प्रविधि समितिले हालै पास गरेको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सच्याउन सरकारसँग माग गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बुधबार विज्ञप्ती जारी गर्दै समितिबाट अगाडि बढाइएको विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने, संविधानको प्रतिकूल हुने र मौलिक अधिकार हनन हुने हुँदा उक्त विधेयक सच्चाएर मात्र अगाडि बढ्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।