२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

चलचित्र ‘बुलबुल’ फोपीमा हेर्न सकिने

गत वर्ष प्रदर्शनमा आएर राम्रो समिक्षा बटुलेको फिल्म ‘बुलबुल’ अब आफुले चाहेको समयमा हेर्न सकिनेछ । फिल्म नयाँ वर्ष सन् २०२० देखि फोपी एपमा रिलिज गरिएको हो । यस एपमा विश्वको प्राय जसो देशबाट आफ्नै मोबाइलमा जुनसुकै ठाउँबाट नेपाली फिल्महरु हेर्न सकिन्छ । फिल्मले बिजनेस सोच अनुसारको नगरेता पनि यसले हेर्नेले रुचाए । लिड क्यारेक्टर स्वस्तिमा खड्काको अभिनयको चर्चा भयो । उनले अन्तराष्ट्रियसँगै राष्ट्रिय अवार्ड पनि जितिन् । निर्देशक विनोद पौडेलले पनि डेब्यु फिल्ममै राष्ट्रिय अवार्ड जिते । साथै , पछिल्लो समय यसले विभिन्न अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा समेत आफुलाई अब्बल सावित गर्ने प्रयासमा छ ।

नेपालमा भएका मोबाइल प्रयोगकर्ताले यसरी फिल्म हेर्दा रु ५० तिर्नु पर्ने छ । आफ्नो मोबाइलमा नेपाल टेलिकम वा एनसेलको व्यालेन्स वा खल्ती वा इसेवाबाट पनि पैसा तिर्न सकिने छ ।