२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

घरमै बसेर विदेशको कामका लागि आवेदन दिन सकिने

काठमाण्डौ – वैदेशिक रोजगारीमा जान चाहनेले अब आफ्नो रोजाईको काममा आफैंले अनलाइनमार्फत आवेदन दिन सक्ने भएका छन् ।
वैदेशिक रोजगार विभागले ‘एटेस्टेसन मोडूल’, र ‘कामदार छनोट मोडूल’को विकास गर्दै अनलाइनबाटै विदेशमा पाइने काम थाहा पाउन र आफूलाई इच्छा लागेको काममा आवेदन दिन मिल्ने बनाएको हो । बुधबारदेखि लागू भएको यो व्यवस्थाले विदेशको कामबारे बुझ्न म्यानपावर र एजेण्ट खोज्दै हिँड्नुपर्ने अवस्थाको अन्त्य गरेको छ । कुन म्यानपावरले कुन देशबाट के कामको माग ल्याएको छ र सेवा, सुविधा कस्तो छ भन्नेदेखि लाग्ने लागतसम्मको जानकारी पनि अनलाइनबाट सजिलै पाउन सकिन्छ ।