दाङ, पुस १६ । दाङमा १३ लाख रुपैयाँ फिरौती माग्ने एक व्यक्ति हतियारसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा रोल्पा परिवर्तन गाउँपालिका वडा नम्बर ५ राङकोटका ३४ वर्षीय राजकुमार दमाई रहेका छन् ।दमाईले डर-धम्की दिँदै घोराही १५ का ४८ वर्षीय एक व्यक्तिलाई १३ लाख रुपैयाँ फिरौती मागेको र उनले नक्कली तीन लाख रुपैयाँ बुझाउदै गर्दा बुधबार प्रहरीले पक्राउ गरेको हो । दमाईको साथबाट एक थान नलकटुवा पेस्तोल र त्यसमा लोड गरिएको एक थान गोली तथा उनले प्रयोग गरेको एउटा मोटरसाइकल समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।