२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

दाङमा हुने बुद्ध–सरयू चलचित्र महोत्सवको तयारी तीव्र

दाङ, पुस १७ ।दाङमा पहिलो पटक हुन थालेको बुद्ध–सरयू चलचित्र महोत्सव २०७६ को तयारी तिव्र रुपमा भैरहेको आयोजकले बताएको छ । पहल नेपालको आयोजना, नेपाल फिल्म एवं सांस्कृतिक एकेडेमी काठमाण्डौ, नेपाल ईण्डिपेण्डेट फिल्म मेकर्स सोसाईटी, काठमाण्डौ र उदाहरण समूह, नेपालको सहआयोजनामा हुन थालेको बुद्ध–सरयू चलचित्र महोत्सव २०७६ को तयारी तिव्र रुपमा भैरहेको हो ।

नेपाल चलचित्रको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका कलाकार, निर्देशक तथा निर्माण र विभिन्न संघसंस्थामा रहेर चलचित्रको लागि काम गरेका ब्यक्तिहरु सहभागी हुने महोत्सवमा महत्वपुर्ण चलचित्रहरुको प्रर्दशन, अन्र्तक्रिया, फोटो प्रर्दशनी तथा प्रतियोगिता र भ्रमण तथा अवलोकन कार्यक्रम रहेको आयोजक पहल नेपालका अध्यक्ष केएल पीडितले जानकारी दिनुभएको छ । बुधबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष पीडितले महोत्सवमा उद्घाटन, सम्मान, सांस्कृतिक प्रस्तुती, बड्का नाँच, वृत्तचित्रको प्रर्दशन हुने जानकारी दिनुभयो ।