२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

भारतको कश्मीर भिडन्तमा १ नेपालीको मृत्यु

भारतको जम्मू-कश्मीरमा आतंकवादीसँगको झडपमा एक नेपाली युवासहित २ जना भारतीय सैनिकको ज्यान गएको छ । बुधबार जम्मू कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको झडपमा भारतीय सेनामा रहेका नेपाली युवा अर्जुन थापा मगर र भारतीय नागरिक सावन्त सन्दीप रघुनाथको मृत्यु गएको भारतीय सेनाका जनसम्पर्क अधिकृत देवेन्दर आनन्दले जनाएका छन्।

२५ वर्षीय अर्जुन राइफलम्यान पदमा र २९ वर्षीय सावन्त नायक पदमा कार्यरत रहेको पनि भारतीय सेनाले जनाएको छ। अर्जुनको घर गोरखाको रिप गाउँ भएको पनि भारतीय सेनाले जानकारी दिएको छ।
-एजेन्सीको सहयोगमा