२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

दाङमा माटोले पुरेर राखिएको काठ बरामद

दाङ,पुस १७ । जिल्ला प्रहरी कार्यालय दाङले माटोले पुरिएको अवस्थामा राखिएको ४४ क्युफिट सालको काठ  राप्ती सब डिभिजन वन कार्यालय मसुरीयालाई बुझाएको छ । प्रहरी चौकी सिसहनियावाट खटिएको प्रहरी टोलीले राप्ती गाउँपालिका वडा नं दोलैई खोलामा माटोले पुरेर लुकाई राखेको करिव ४४ क्यूफिट सालको काठ बरामद गरेको हो ३३ इञ्चदेखि ५३ इञ्च सम्मका सालका गोलिया खोलामा माटोले पुरेर राखेको बेवारिसेअवस्थाको सालको काठ १५ गते राति प्रहरीले बरामद गरेको थियो ।