२०७८ भाद्र १७ गते बिहिवार
२०७८ भाद्र १७ गते बिहिवार

माछा बेचेर जिविकाेपार्जन गर्दै पुर्व जनमुक्ति सेना चाैधरी

एउटा पुरानाे – पुरानाे साईकल, साईकलकाे पछाडी ड्रम, त्यही भित्रमा माछा राखेर प्रत्येक दिन घरघर माछा वेच्न जान्छन बबई ६ चाैपारीका ३२ बर्षिय पुर्व जनमुक्ति सेना श्रीराम चाैधरी । ” ए हजुर माछा राख्नुस, ए हजुर माछा राख्नुस” भन्दै प्रत्येक दिन माछामा व्यापारमा तल्लिन हुने गर्दछन् चाैधरी । देशमा आमुल परिवर्तन गर्ने भन्दै तत्कालिन माओबादीकाे जनमुक्ति सेनामा गएका चाैधरीले देशमा शान्ति स्थापना पछि स्वच्छिक अवकाश राेजेका थिए । जनमुक्ति सेनामै विहे गरेका चाैधरी १ छाेरा र १ छाेरी छन् । यही माछा बेचेर आफ्नाे घरव्यवहार चलाएकाछन् । घर छिमेकीका आफन्ति र साथीभाईहरू ठुला ठुला सपना देख्दै विदेश पलाएन भएतापनि चाैधरी विदेश जाने साेच कहिलै भएन । युवाहरूमा विदेशकाे माेह बढ्दाे क्रममा भए पनि आफ्नै गाउँठाउँ केही गरि बस्नु पर्छ भन्ने धारणा छ चाधरीकाे । आफ्नै गाउँठाउँमा केहि गर्नु पर्छ भन्दै माछा व्यापारमा लागेकाे ५ बर्ष भइसक्याे । माछा व्यापारबाट आफु सन्ताेष नै रहेकाे चाैधरीले बताए । विहानै उठेर तुलसीपुरकाे गाैरीगाउँकाे तालबाट माछा किनि विभिन्न गाउँगाउँमा माछा बेच्दै साझ घर फर्कने गरेकाे उनले बताए । दिनमा २० किलाे जति माछा विक्रि हुने गरेकाे चाैधरीले बताए । मान्छेलाई जति भएपनि पुग्दैन, दिनमा ७,८ सय कमाई हुन्छ चाैधरीले भने घर परिवार छाेराछाेरी संग बस्न पाइएकाे छ । यही माछा व्यापारबाट अहिले सम्म जिविकाेर्जन गर्दै आएकाे चाैधरी बताउछन । घर घरमा माछा बेच्न जाने चाैधरीले काम गरि खान कहिलै लाज मान्नुहुन्न भन्छन । लाज नमानि सानाेतिनाे भएपनि काम गरे आफ्नै देशमा बाच्न सकिने गतिलाे उदारण बनेका छन् श्रीराम ।