२०७७ कार्तिक ४ गते मङ्गलवार
२०७७ कार्तिक ४ गते मङ्गलवार

गणतन्त्र दैनिकको वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

दाङ, पुस १७ । दाङको घोराहीबाट प्रकाशित हुँदै आएको गणतन्त्र राष्ट्रिय दैनिकको १३ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा आज तुलसीपुरमा रक्तदान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।

प्रादेशीक अस्पतालको कालिकादेवी रक्तसञ्चार केन्द्र तुलसीपुरमा कार्यक्रम गरिएको हो । पत्रिकाका तुलसीपुर प्रमुख यमकला भुसालको अध्यक्षता एवं राप्ती प्रादेशीक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रताप पोख्रेलको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. पोख्रेलले सञ्चार क्षेत्रले देश र नागरिकका लागि खेलेको भूमिकाको बारेको चर्चा गर्नुभएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालले सामाजिक उत्तरदायित्व बहनमा पत्रिकाले निर्वाह गरेको भूमिका अहम रहेको भन्दै प्रसंशा गर्नुभएको थियो ।

कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिव सुशील बस्नेतले राप्ती प्रादेशीक अस्पतालको विकास र रक्तसञ्चार सेवाको सेवा समय अनुकुल प्रभावकारी बनाउन सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडानम्वर ५ का सदस्य सुरेश श्रेष्ठ, राष्ट्रिय समाचार समिति राप्ती प्रमुख नारायणी रजौरेलगायतले सञ्चार क्षेत्रको भूमिका र गणतन्त्र राष्ट्रिय दैनिकको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार शरद रेग्मीेले गर्नुभएको थियो ।