२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

लेखन अभिवृद्धी सम्बन्धी तीन दिने तालिम सुरु

घोराही, १७ पुस। नेपाल स्तम्भकार समाज दाङले विभिन्न सञ्चार माध्यममा विचार तथा समसामयिक धारणाहरु लेख्दै आएका लेखकहरुलाई लेखन अभिबृद्धी सम्बन्धी तीन दिने तालिमको आयोजना गरेको छ । घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा आज देखी घोराहीमा तीन दिने स्तम्भ लेखन अधिबृद्धी तालिम सुरुभएको हो । स्तम्भकार समाजका अध्यक्ष केवि मसालको अध्यक्षतामा भएको तालिमको उद्घाटन नगर प्रमुख नरुलाल चौधरीले गर्नुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले लेखनलाई समयसापेक्ष बनाउनुपर्नेमा जोड दिनुभयो । लेखक तथा पत्रकारहरुको लेखमा समाज र दिशा निर्देश गर्ने शक्ति हुने भन्दै उहाँले लेखनीलाई सरलकिृत बनाउनु पर्नेमा समेत जोड दिनुभयो ।  समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक निमबहादुर थापाले लेखकहरुमा थप निखारता ल्याउन तालिमको आयोजना गरिएको बताउनुभयो । उद्घाटन कार्यक्रमको सहजिकरण समाजका सचिब पद्मप्रसाद शर्माले गर्नुभएको थियो ।