२०७९ फाल्गुन २९ गते सोमवार
२०७९ फाल्गुन २९ गते सोमवार

उखु किसानकाे पैसा भुक्तानी गर्न सांसद वीरेन्द्र कनाेडियालाई कांग्रेसकाे निर्देशन

काठमाण्डाै – नेपाली कांग्रेसले पार्टीको प्रदेश नम्बर-२ का संसदीय दलका उपनेता वीरेन्द्र कनोडियालाई उखु किसानको रकम भुक्तानी गर्न निर्देशन दिएको छ ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले कनोडियालाई उखु किसानहरुको बाँकी रहेको भुक्तानी तत्काल उपलब्ध गराउन पहल गर्न निर्देशन दिएको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कनोडिया सञ्चालक रहेको मिललेसमेत उखु किसानको भुक्तानी नदिएको समाचारका सन्दर्भमा पार्टीको ध्यानकर्षण भएकाले यथाशीघ्र भुक्तानी गराउन निर्देशन दिइएको बताउनुभयो । कनोडिया महालक्ष्मी सुगर  मिल्सका सञ्चालक हुनुहुन्छ ।