–बिहानै उठ्ने व्यक्तिले सफा र शुद्ध अक्सिजन लिन पाउँछ। जसले साससम्बन्धी समस्याबाट राहत दिन्छ।
–बिहान व्यायाम गर्दा शरीरको रक्तसञ्चार बढ्छ। मुटु स्वस्थ रहन्छ र मुटुसम्बन्धी विभिन्न रोगको जोखिमबाट बच्न सकिन्छ।
–सबेरै उठ्ने मानिसले विभिन्न मानसिक समस्याबाट छुटकारा पाउँछ। यस्ता व्यक्तिलाई डिप्रेसनको जोखिम कम हुन्छ।
–बिहानै उठ्दा दिनभरि फ्रेस महसुस हुन्छ। काम गर्न मन लाग्छ।