२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

आज तुलसीपुरको बसपार्क मुख्यमन्त्रीबाट उद्घाटन हुने

१८ पुस, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले निर्माण गरेको आधुनिक वसपार्कको आज उद्घाटन हुने भएको छ । प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले एक समारोहका विचमा उद्घाटन गर्ने उपमहानगरपालिकाका प्रवक्ता सुर्यवहादुर डाँगीले जानकारी दिएका छन् । नगर विकास कोषको ऋण सहयोगमा करिव ९ करोडको लागतमा शिवशक्ति कन्स्ट्रक्सनले २ वर्ष लगाएर वसपार्क निर्माण गरेको हो । मुख्यमन्त्री पोख्रेलले विहान ११ वजे वसपार्कको उद्घाटन गर्ने जनाइएको छ । कार्यक्रम उद्घाटनको अवसर पारेर वसपार्क निर्माणमा सहयोग गर्ने विभिन्न सहयोगी व्यक्तिहरुलाई सम्मान समेत गरिने पनि प्रवक्ता डाँगीले जानकारी गराएका छन् । उद्घाटनको अवसरमा उपस्थितिका लागि उनले सबैमा अनुरोध समेत गरेका छन् ।

वसपार्कमा अव्यवस्थित तवरले रहेको अटो भिलेजलाई उपमहानगरपालिकाले नयाँ ठाउँमा निर्माण गरेर सारेपछि वसपार्क खुला  भएको थियो । नगरप्रमुख पाण्डेले आधुनिक अटोभिलेज र वसपार्क निर्माणलाई चुनावी एजेण्डाका रुपमा उठाएका थिए । साढे ५ विगाहा क्षेत्रफलमा फैलिएको वसपार्कमा करिव ३ सय गाडी अटाउने क्षमता रहेको इन्जिनियर पवन योगीले जानकारी दिए । आधुनिक वसपार्कमा यात्रु प्रतिक्षालय भवन, शौचालय,पसल, पार्क, सडक, टिकट काउन्टर, पेट्रोल पम्प, स्तपान कक्ष लगायतका रहेका छन् । ठेक्का प्रक्रिया पुरा भएर वसपार्क सञ्चालन हुन लागेको हो । अझै केही जग्गा अतिक्रमणमा परेको भन्दै उपमहानगरपालिकाले सबै संरचना भत्काएर वसपार्क फराकिलो वनाउँदै लैजाने पनि जनाइएको छ ।