२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

यस्तो छ ३ दिन सम्मको देशभरको मौसम

काठमाडौँ – देशभर शुक्रबारको मौसममा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखले जनाएको छ।

पहाड तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

शनिबार देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमालि भूभागमा हल्का देखि मध्यम हिमपात र पहाडका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आइतबार देशभर आंशिकदेखि सामान्य सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र पहाडका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।