२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

‘सेन्टी भाइरस’ को पोस्टर यस्तो बन्यो

काठमाडौं /धुर्मुस सुन्तली अभिनित चलचित्र ‘सेन्टी भाइरस’को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली देखिएका छन् । पोस्टरमा धुर्मुस सुन्तली रोमान्टिक अवतारमा देखिएका छन् ।

उनीहरुले गलामा सयपत्री फूल लगाएका छन् भने धुर्मुसले शिरमा ढाकाटोपी लगाएका छन् । सुन्तली धुर्मुसको अंगालोमा लपक्क टासिएकी छिन् । उनीहरुले बुधबार अंग्रेजी नयाँ वर्ष २०२० को शुभकामना दिँदै चलचित्र ‘सेन्टी भाइरस’को पोस्टर सार्वजनिक गरेका हुन् ।