२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

के तपाइले सार्वजनिक सवारी चलाउनुहुन्छ ? अब देखि जुत्ता अनिवार्य लगाउनुपर्ने

काठमाडौं : देशभर सार्वजनिक सवारीसाधन चलाउँदा अनिवार्य जुत्ता लगाउनुपर्ने भएको छ। चप्पल लगाएर सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम बढेकोले जुत्ता लगाउनुपर्ने व्यवस्था गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।
‘गाडी चलाउँदा चप्पल चिप्लिएर पनि दुर्घटना भएको पायौँ, त्यस्तै चप्पलको फित्ता ब्रेक र एक्सिलेटरमा अड्किएर पनि दुर्घटना हुने रहेछ,’ उनले भने। भ्रमण वर्षलाई लक्षित गरी सवारीसाधन चलाउँदा चालक र सहचालकले सफा लुगा लगाइ सवारीसाधन चलाउनुपर्ने उनको भनाइ छ।