२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

सिसहनियाँमा प्रथम औधोगिक, कृषि तथा व्यापार मेला सुरु

१५ पुस, सिसहनियाँ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा प्रथम औधोगिक,कृषि तथा व्यापार मेला बिहीबार देखि सिसहनियाँमा सुरू भएको छ । कृषि उद्योग व्यापार साँस्कृतिक सम्पदा हाम्रो पहिचान,स्वच्छ सुन्दर सम्वृद्व सिसहनियाँ हाम्रो अभियान७लदकउस भन्ने मुल नाराका साथ सिसहनियाँ उद्योग वाणिज्य संघको आयोजनामा सिसहनियाँमा बहुउद्देश्यीय सभाहल बनाउने मुख्य उदेश्यका साथ राप्ती गाउँपालिका वडा नम्बर ५ को दोलाइखोला पुलको उत्तर तर्फको पलाटिङ क्षेत्रमा महोत्सव सञ्चालन भएको हो ।

मेलाको उद्घाटन प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी (सोनाम)ले गरेका छन् ।