तुलसीपुर उपमहानगरपालिकाले शुक्रवार तुलसीपुरमा दाङ जिल्लाको विकास, सम्भाबना र चुनौती बिषयक कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधी, विषयगत सरकारी कार्यालय प्रमुखहरुको पनि सहभागिता रहेको थियो ।