न्युयाेर्क — अंग्रेजी नयाँ वर्षकै दिन बुधबार अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु भएको छ । रौतहट स्थायी घर भएका २२ वर्षीय हिमाल तिमल्सिनाको म्यासाचुसेट्स राज्यको स्टोनहृयाममा मृत्यु भएको हो ।
नेपाली साथीहरुसँग बस्दै आएका तिमल्सिनाको गत सोमबार आफनै निवासको सिँढीबाट लडेर टाउकोमा गम्भीर चोट लागेको थियो । स्थानीय वर्लिगटनको ‘लेही हस्पिटल एण्ड मेडिकल सेन्टर’ मा उपचारकै क्रममा उनको मृत्यु भएको बोस्टनस्थित ग्रेटर बोस्टन नेपलिज कम्युनिटीले जनाएको छ ।