२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

माघ ९ गतेदेखि तुलसीपुरमा महोत्सव लगाउने तयारी

दाङ, पुस १८ । तुलसीपुर उद्योग बाणिज्य संघको तुलसीपुर ९ दोघरेमा निर्माणाधिन सभाहल निर्माणको अपुग बजेट अभावलाई परिपुर्ती गर्न तुलसीपुर उद्योग वाणिज्य संघले यो वर्ष पुनः तुलसीपुरमा महोत्सव लगाउने तयारी गरिरहेको छ । ९० प्रतिशत  बढी काम पुरा भइसकेको सभाहल निर्माण समितिका संयोजक विमल रिजालले जानकारी दिनुभयो । सभाहल निर्माण गर्न झन्डै ३ करोड हाराहारी बजेट लाग्ने अनुमान गरिएको छ । त्यो बजेट अभावलाई परिपुर्ती गर्न तुलसीपुर उद्योग वाणिज्य संघले यो वर्ष पुनः तुलसीपुरमा महोत्सव लगाउने तयारी गरिरहेको छ ।

माघ ९ गतेदेखि १९ गते सम्म तुलसीपुरमा चौथो महोत्सव लगाउने तयारी भइरहेको रिजालले जानकारी दिनुभयो । ‘घुम्न जाउँ तुलसीपुर अभियानलाई सार्थक पार्नको लागि पनि महोत्सव गर्न लागिएको छ,’ रिजालले भन्नुभयो ‘त्यसवाट हामी झन्डै एक करोड जति बचत गर्ने सक्छौं कि भन्ने अुनमानमा छौं।’ सभाहल निर्माण कार्यमा बजेट अभाव टार्नको लागि महोत्सव लगाउनु पर्ने अवस्था सृजना भएको निर्माण समितिका संयोजक रिजालले जानकारी दिनुभयो ।