२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

दाङका जगप्रसाद सहित १६ जना नेकपाका राष्ट्रिय सभा उम्मेदवार

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभाका लागि उम्मेदवारहरु टुङ्गो लगाएको छ। पार्टीको आज बिहान बसेको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि १६ जना उम्मेदवारको टुङ्गो लगाएको हो। जसमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि हुनुहुन्छ । उहालाई गण्डकी प्रदेशबाट उम्मेदवार बनाइएको छ। त्यस्तै, प्रदेश ५ बाट दाङका जग प्रसाद शर्मा पनि उम्मेदवार रहनुभएको छ ।