१८ पुस, तुलसीपुर । दाङको तुलसीपुरमा निर्माण भएको आधुनिक बसपार्कको आज उद्घाटन गरिएको छ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले उक्त बसपार्कको उद्घाटन गर्नुभएको हो ।
आधुनिक बसपार्क निर्माण भएपछि यात्रुहरुलाई पनि सहज सेवा प्रदान हुने र अब बसपार्क पनि ब्यबस्थित भएको छ । यस्तो अबस्थामा यात्रुले टिकेट नपाउने, झुण्डिएर यात्रा गर्नुपर्ने अबस्था अन्त्य हुनेछ ।