२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

मा.वि नारायणपुरकाे वि.व्य.स अध्यक्षमा दिपक पाण्डे

नारायणपुर, १८ पुस । श्री सिद्ध रत्न नाथ मावि नारायणपुरकाे विद्यालय व्यवस्थापन समितिकाे अध्यक्षमा दिपक पाण्डे चयन हुनुभएकाे छ । विद्यालय व्यवस्थापन समितिले पाण्डेलाई सदस्यमा मनाेनित गरेर अध्यक्ष चयन गरेकाे हाे ।
पुस ८ गते भएकाे विद्यालय व्यवस्थापन समितिकाे सदस्यकालागी निर्वाचन भएकाे थियाे । जसबाट कान्तप्रसाद चाैधरी, रामनारायण चाैधरी, विनिता गुरूङ थापा क्षेत्री र रमा डाँगी विजयी हुनुभएकाे थियाे । मनाेनीत सदस्यहरू र पदेन सदस्यहरूले थप दुई जना सदस्य मनाेनीत गर्ने प्रावधान अनुसार दिपक पाण्डे र तीला चाैधरीलाई मनाेनित गरेकाे हाे । सदस्यहरूमध्यबाट अध्यक्ष मनाेनित गर्ने प्रावधान अनुसार दिपक पाण्डेलाई अध्यक्षमा मनाेनित गरिएकाे विद्यालयले जानकारी दिएकाे छ ।