२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

गणतन्त्र दैनिकको वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट यातायात व्यवसायीको सम्मान हमाललाई

१८ पुस, घोराही । दाङको घोराहीबाट प्रकाशित गणतन्त्र दैनिकको १३ औं वार्षिकोत्सव समारोह आज सम्पन्न भएको छ । कार्यक्रम लाई सम्बोधन गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले भन्नुभयो, ‘मुलुकको राजनीतिक परिवर्तनका लागि प्रेसले खेलेको भूमिका अत्यन्तै महत्वपूर्ण छ । अब सञ्चार माध्यमले समृद्धिका मुद्दा बोक्नुपर्दछ । यो अभियानमा लाग्न सञ्चार माध्यमलाई म आग्रह गर्न चाहन्छु ।’ सञ्चार माध्यमले मुलुकको समृद्धिको एजेण्डा बोक्नुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा विभिन्न व्यक्तित्व लगायत उत्कृष्ट यातायात व्यवसायी बाट नेपाल यातायात राष्ट्रिय महासघका सल्लाहकार एवम, त्रिसिद्देश्वरि राप्ति यातायात सेवा प्रालिका अध्यक्ष शुरेस हमाललाई यातायात व्यवसायको माध्यमबाट अतुलनीय योगदान पुर्याएकोले सम्मान पनि गरिएको थियो ।