२०७७ असोज ४ गते आइतवार
२०७७ असोज ४ गते आइतवार

गाडीमा लुकाएर राखेको काठ बरामद

तुलसीपुर, १९ पुस । दाङमा प्रहरीले गाडीमा लुकाएर राखेको सालको काठ बरामद गरेको छ । दाङको गढवा गाउँपालिका ६ नयाँबस्ती स्थित कोइलाबास – गढवा सडक खण्डमा बेवारीसे अवस्थामा पाकिङ गरी राखेको रा १ च ५५६ नम्बरको सेतो रङको बलेरो पिक अप जिपमा अवैध रुपमा रखेको सालको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिपमा अवैध सालको काठ राखेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कार्यालय गढवाबाट गएको प्रहरी टोलीले उक्त गाडीमा खानतलासी गर्दा चिरान १५.८२ क्यू.फिट र गोलिया २२.१४८ क्यू.फिट रहेको अबैध सालको काठ बरामद गरी आवश्यक कारबाहीका लागी सब डिभिजन वन कार्यालय गढवा दाङमा पठाईएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।