२०७७ मङ्सिर ११ गते बिहिवार
२०७७ मङ्सिर ११ गते बिहिवार

अमेरिकासँँग बदला लिने इरानको चेतावनी

अमेरिकाले गरेको हवाई आक्रमणमा आफ्ना उच्च सैन्य कमाण्डरको ज्यान गएपछि इरानले त्यसको कठोर बदला लिने बताएको छ ।
इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीले अमेरिकाले कठोर बदलाको सामना गर्नु पर्ने बताउनुभएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इराकको राजधानी बग्दादमा रहेको विमानस्थलमा भएको हवाई आक्रमणमा इरानका उच्च सैन्य कमाण्डर मेजर जनरल कासिम सुलेमानीको ज्यान गएको थियाे ।
मेजर जनरल सुलेमानीको मृत्युसँगै इरानसहित मध्य पूर्वमै तनाव उत्पन्न भएको छ । अमेरिका र इरानबीचको सम्बन्धमा थप टकराव ल्याउने र युद्दको अवस्था आउन सक्ने देखिएको विश्लेषण छ ।

-एजेन्सीको सहयोगमा