२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

अपाङ मैत्री भवनको लागि आर्थिक संकलन गर्न समिती गठन

तुलसीपुर, १९ पुस । अपाङग समाज सुधार केन्द्र तुलसीपुरले अपुर्ण भवन पुर्ण बनाउन तथा अपाङ्गता भएका ब्यक्तिहरुका लागि दिगो ब्यबस्थापन सम्बन्धि छलफल कार्यक्रम आज तुलसीपुरमा सम्पन्न गरेको छ । तुलसीपुरमा निर्माणाधिन अपाङ्गमैत्री भवन सम्पन्न गर्न आर्थिक सहयोर्गाथ जुटाउन खुमानन्द अधिकारीको संयोजकत्वमा ५ सदस्यीय आर्थिक संकलन समिति गठन गरीएको छ । समितिको सह–संयोजकमा ईश्वरीप्रसाद खड्का,सदस्यमा टीकाराम कँडेल,देवा शर्मा र सदस्य सचिवमा दोलख बहादुर खत्रीलाई जिम्मेवारी दिएको छ ।

संस्थाका अध्यक्ष खुमानन्द अधिकारीको अध्यक्षतामा भएको छलफल कार्यक्रमको सहजीकण महासचिब दोलखबहादुर खत्रीले गर्नुभएको थियो ।