२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

नेपाली काङ्ग्रेसका राष्ट्रियसभा उम्मेदवारमा दाङकी गिरिजा पनि

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीबाट उम्मेदवार छानेको छ। पार्टी केन्द्रीय समितिले दिएको जिम्मेवारीअनुसार शनिबार विहान बसेको कांग्रेस पदाधिकारी बैठकले १४ जना उम्मेदवारको नाम टुंगो लगाएको छ। बाँकी २ उम्मेदवारको नाम शनिबार साँझसम्म टुंगो लाग्ने कांग्रेसले जनाएको छ। रिक्त १८ पदमध्ये कांग्रेसले प्रदेश नम्बर २ मा समाजवादी पार्टीसँग तालमेल गर्दै दुई पद छाडेको छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पदाधिकारी बैठकले उम्मेदवार छानेको हो।
काङ्ग्रेसले प्रदेश ५ बाट ३ जनाको नाम उम्मेदवारको लागि सिफारिस गरेको छ । जसमा अर्घाखाँचीका बालकृष्ण पाण्डे (अन्य) दाङकी गिरिजा न्यौपाने (महिला) बाँकेकी मेराज हलवाई (अल्पसंख्यक/अपाङ्गता) को नाम रहेको छ ।