तुलसिपुर, १९ पुस । दुर्घटना न्युनिकरणका लागि प्रहरिले सडकमा ड्रम राख्न शुरु गरेकाे छ । ओभर स्पिडका कारण दुर्घटना वढेकाे भन्दै प्रहरिले तुलसिपुरका विभिन्न सडकमा ड्रम राख्न शुरु गरेकाे हाे । इलाका प्रहरी कार्यालय तुलसिपुरकाे समन्वयमा ट्राफिक प्रहरि कार्यालय तुलसिपुरले आज देखि स्पिड नियन्त्रणका लागि भन्दै ड्रम राख्न शुरु गरेकाे हाे । प्रहरिले दुर्घटना वढि हुने सिधा वाटाेकाे पहिचान गरि विभिन्न ६ ठाउमा स्पिड नियन्त्रणका लागि ड्रम राख्न शुरु गरेकाे इलाका प्रहरी कार्यालय तुलसिपुरका डिएसपि हरिहरनाथ याेगिले जानकारि दिनु भयाे । प्रहरिले सिधा तथा दुर्घटना हुन सक्ने भन्दै तुलसिपुर सल्यान सडक खण्डमा २ ठाउँ , पश्चिम सडकमा १ ठाउँ , सितलपुर सडक खण्डमा १ ठाउँ र घाेराहि सडक खण्डकाे यातायात नजिक १ ठाउँ गरि जम्मा ६ ठाउमा ड्रम राख्न लागेकाे ट्राफिक प्रहरी कार्यालय तुलसिपुरका प्रमुख नन्द पाेख्रेलले जानकारि दिनु भयाे ।
जस अन्तर्गत आज तुलसिपुर सल्यान सडक खण्डको मावि रक्षाचाैर नजिक ड्रम राखिएको छ । त्यस्तै तुलसिपुर सल्यान सडक खण्डकै माता कुट्टि नजिक समेत राखिने पाेख्रेलले वताउनु भयाे । पाेख्रेलले सडकमा राखियकाे अवराेध अथवा ड्रमले चालकलाई सचेत वनाउने हुदा दुर्घटना न्युनिकरण हुने अपेक्षा राखेकाे वताउनु भयाे ।