२०७७ असोज १५ गते बिहिवार
२०७७ असोज १५ गते बिहिवार

ईन्टर स्कुल फुटसलको फाइनलमा पब्लिक ज्ञानज्योती विजयी

१९ पुस, तुलसीपुर । दाङको तुलसिपुरमा संचालित दोश्रो ईन्टर स्कुल फुटसल प्रतियोगिता (२०७६) को उपाधी पब्लिक ज्ञानज्योती तुलसिपुर ले हात पारेको छ । तुलसिपुर युथ क्लबको आयोजनामा तुलसिपुर ६ स्थित द लेगेण्ड फुटसल ग्राउन्ड तुलसीपुरमा सनिवार सम्पन्न फाइनल खेलमा तुलसी आवासिय माबी तुलसिपुर लाई शून्य का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै पब्लिक ज्ञान ज्योती ले उपाधी चुमेको हो । उपाधी संगै उसले नगद ३० हजार पुरस्कार, कप, मेडल तथा प्रमाणपत्र हात पार्‍यो। कडा प्रतिस्पर्धात्मक खेलमा ज्ञानज्योति का किरण योगि ले २ गोल गरे । त्यस्तै फाईनलमा पराजित तुलसी माबी उपविजेतामा सिमित रहदै नगद १५ हजार,कप मेडल तथा प्रमाणपत्र हात पार्न सफल रह्यो ।

स्थानिय स्तरमा फुटसल खेलको पहुच अभिवृद्धि गर्ने र ब्यवसायिक फुटसल खेल को बिकासमा थप टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा ११टिमको सहभागिता रहेको थियो ।