२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

पंन्चकुले खानेपानीको अध्यक्षमा राजन के.सी चयन

१९ पुुस, शान्तिनगर । पन्चकुले सुधार बिस्तार खानेपानी तथा सरसफाइ समिती शान्तिनगर १ र बबई ६ को ११ औ बार्षिक साधारण सभा शान्तिनगर १ को बगियामा आज सम्पन्न भएको छ । साधारण सभा खानेपानि समिती निर्वतमान अध्यक्ष हिराबहादुर थापाको अध्यक्षता तथा शान्तिनगर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष जंगबहादुर पुनको प्रमुख आतिथ्यता एवम बबई गाउँपलिका वडा नम्बर ६ का अध्यक्ष रामबहादुर डागीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका निर्वतमान सचिव टंक केसिले गर्नु भएको थियो । साधारण सभामा बोल्ने बक्ताहरुले प्रत्यक बर्षमा हुनुपर्ने साधारण सभा ३/४ बर्ष पछि हुनुले संका उब्जेको भन्दै खानेपानि समितीको आलोचना गरेका थिए । कार्यक्रममा बोल्दै उपभोक्ताहरुले समितिले सार्बजनिक गरेको आर्थिक प्रतिबेदनमा पारदर्सिता नभएको पनि आरोप लगाएका छन । कार्यक्रमका प्रमुख अतिथी पुनले खानेपानी समितिले आफ्नो बिधानमा टेकेर काम गर्न नसकेको बताउनु भएको थियो । सरकारबाट आएको बजेटमा मात्र नजर लगाउनेले सामाजिक काम गर्न नसक्ने बताउदै उहाँले सामाजिक काम गर्न खोज्ने मान्छे पबित्र भएर आउनु पर्ने बताउनु भयो । सामाजिक संस्थामा आउन खोज्ने मान्छे जनताको सेवक बनेर आउनु पर्ने बताउदै सेवकले जनताको मर्म बुझ्न सक्नु पर्ने बताउनु भएको छ ।

त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथी बबई गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामबहादुर डागीले सरकारले बजेटको ब्यबस्था गर्दा गर्दै पनि काम गर्न नसक्नु लाजमर्दो भएको बताउनु भएको छ । उहाँले खानेपानिको समितिले स्थानिए सरकार संग समन्वय गरेर आगाडी बढे खानेपानीको समस्या केही समयमै समाधान हुने बताउनु भएको छ । यसैबिच दुई वटा वडा अध्यक्ष र स्थानिय पार्टिको अघुवाईमा खानेपानिको नयाँ समिती सर्बसहमतीले चयन भएको छ । जसको अध्यक्षमा राजन केसी, उपाध्यक्षमा तिलकबहादुर डागी, कोषाध्यक्षमा नोखी डागी,सचिवमा लालबहादुर खड्का रहनु भएको छ । त्यस्ते समितीको सदस्यमा प्रदिप केसी, तुलसा नेपाली, इमबहादुर डागी, देबिकला थापा रहनु भएको छ । ९ सदस्यिय समितीको एक जना सदस्य भने समितकिो बैठकबाट मनोनित गरिनेछ ।