२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

निशुल्क पशु शिविरमा ३५१ पशुको उपचार

१७ पुुस, हापुुुरे । बबई गाउँपालिका वडा नमबर ७ मा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट ३५१ पशुका लागी निसुल्क औषधी बितरण गरिएको छ । बबई गाउपालिका वडा नम्बर ७ का बिभिन्न स्थानहरुमा पालिएका पशुहरुको स्वास्थ्य परिक्षण गर्दा पशुहरुमा बिभिन्न खाले समस्या देखा परेकाले समस्या अनुसारको औषधी बितरण गरिएको बबई गाउँपालिका पशु शाखाका पशुप्राबिधिक चन्द्रबहादुर खत्रीले जानकारी दिनु भएको छ । उहाँका अनुसार जिल्ला भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञकेन्द्र घोराहीबाट कृष्णप्रसाद न्यौपानेको संयोजकत्वमा आयको प्रबिधिक टोलीले त्यस क्षेत्रका पशुहरुको स्वास्थ्य परिक्षण गर्नु भएको र समस्या अनुसारको औषधी निसुल्करुपमा बितरण गरिएको बताइएको छ । शिविरमा २ वडा भैसीलाई त्रितिम गभाृधान समेत गरिएको छ । जिल्ला भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञकेन्द्र घोराहीको आयोजना तथा बबई गाउँपालिका पशुशाखाको सहयोगमा सञ्चालित शिविर बिज्ञकेन्द्र घोराहीका चिकित्सक श्रीधर सर्माको अध्यक्षता तथा बबई गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष महाबिर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।