२०७८ भाद्र १६ गते बुधवार
२०७८ भाद्र १६ गते बुधवार

शिक्षक संघ बबईको तेश्रो स्थानीय प्रतिनिधिसभा सम्पन्न

हापुरे। नेपाल शिक्षक संघ बबईको तेश्रो स्थानिय प्रतिनिधिसभा हापुरेमा सम्पन्न भएको छ । जिल्ला कार्यसमितिको निर्णय अनुसार सबै स्थानीय तहहरूमा पौष १९ गते स्थानीय प्रतिनिधिसभा सम्पन्न गर्ने निर्णय भएकोले सोही अनुरूप बबई गाउँपालिकामा पनि नेपाल शिक्षक संघको तेश्रो स्थानीय प्रतिनिधिसभा आज सम्पन्न भएको हो । सो अवसरमा शिक्षक सङ्घ ववईको आर्थिक तथा साङ्गठनिक प्रतिवेदन पेस गरिएको थियो । नेपाल शिक्षक संघ बबईका सचिव पुष्कर राज पौडेलले पेस गर्नुभएको साङ्गठनिक प्रतिबेदन र अर्थसचिब कुमप्रकास वलीले पेस गर्नु भएको आर्थिक प्रतिवेदन सर्बसम रुपमा पारित गरिएको थियो । शिक्षक सङ्घ बबईमा रिक्तरहेका पदहरूमा पनि सर्बसम्मत रुपमा पदाधिकारीहरु चयन गरिएको थियो । जस अनुसार सचिब अर्थमा बिष्णु प्रसाद रावत सह सचिव खुलामा केशव राज आचार्य, सह सचिव अर्थमा जीवन न्यौपाने,सहसचिब समावेशीमा प्रतिक कुमारी घर्ती रहेका छन । त्यस्तै खुला सदस्यहरूमा रत्न बहादुर के सी, प्रेम कुमारी के सी, नन्दलाल तिवारी लगायतका रहेका छन् ।

नेपाल शिक्षक संघ बबईका अध्यक्ष नबिन कुमार शर्माको अध्यक्षता तथा प्रदेश सदस्य रामबहादुर के सी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको बिशिष्ट अतिथिको रुपमा जिल्ला अर्थ सचिव पुर्णबहादुर के सी रहेका थिए । वडा नं ३ का संयोजक पिताम्बर उपाध्यायको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव पुष्करराज पौडेलले गरेका थिए ।