२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

सामसुङ ‘ग्यालेक्सी S11’ माघमा आउने

सामसुङको नयाँ फ्ल्यागसिप स्मार्टफोन ‘ग्यालेक्सी एस इलेभेन’ अर्को महिना सार्वजनिक हुने संभावना छ । कम्पनीले शनिबार अनप्याक भिडियो सार्वजनकि गर्दै ग्यालेक्सी सिरिजको नयाँ स्मार्टफोन आउँदो ११ फेब्रुअरी ( माघ २८ ) मा विश्व बजारमा सार्वजनिक हुने संकेत गरेको हो । अमेरिकाको सानफ्रान्सिस्को सहरमा हुने कार्यक्रमका बिच उक्त स्मार्टफोन सार्वजनिक हुने छ । कम्पनीले सार्वजनिक गरेको अनप्याक भिडियोमा ‘ग्यालेक्सी’ शब्द उल्लेख गरिएकाले ग्यालेक्सी एस इलेभेन सार्वजनिक गर्ने अपेक्षा गरिएको हो । तर, ग्यालेक्सी एस ट्वान्टी पनि हुन सक्ने अनुमान छ ।

त्यसो त सामसङले लामो समयदेखि ल्याउने तयारी गरेको फोल्डेवल स्मार्टफोन ‘ग्यालेक्सी फोल्ड’ पनि हुन सक्नेछ ।