२०७७ मङ्सिर ११ गते बिहिवार
२०७७ मङ्सिर ११ गते बिहिवार

ट्याक्टर दुर्घटनामा १ विद्यार्थीको मृत्यु २० घाइते

२० पुस । रुकुम पश्चिममा विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । शनिबार राति साढे नौ बजे त्रिवेणी गाउँपालिका-४, को दलुगैराखोलामा लु ३ त ९०९५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको हो । १६ विद्यार्थीसहित २० जना घाइते भएका छन् । त्रिवेणी गाउँपालिकाको गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ खेलेर फर्किरहेका विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना हुँदा त्रिवेणी गाउँपालिका-५, को विद्या विकास मावि जिवाङको कक्षा ८ का १७ वर्षीय छात्र दलबहादुर विकको मृत्यु भएको हो । दुर्घटनामा विद्या विकास मावि र ४ नम्बर वडाको अन्धनाशक मावि खुम्चेरीका १६ विद्यार्थी र बाजा बजाउन गएका ४ जना गाउँले घाइते भएका छन् । घाइतेमध्ये ३ विद्यार्थी र एक जना बाजा बजाउनेको अवस्था जटिल छ । उनीहरुलाई नेपालगञ्ज रिफर गरिएको छ ।