२०७७ कार्तिक १५ गते शनिवार
२०७७ कार्तिक १५ गते शनिवार

तुलसीपुरमा २ पसल र १ घरबाट नगद सहित गहना चोरी

२० पुस । तुलसीपुर उपमहानगरपालिका वडा न. १२ टरिगाउँमा अवस्थित २ वटा पसल र १ घरमा शुक्रबार राती चोरी भएको छ । टरिगाउँ स्थित पुकार पसल र अर्को एक पसलबाट सामान र नगद गरि करिब साठी हजार बराबरको चोरी भएको र चोरले २ वटै पसलका ताला फोडेर चोरी गरेको पुकार पसलका सञ्चालक शिबराज भन्डारिले जानकारी दिनुभएको छ । साथै सोही ठाउँका लालुप्रसाद छन्त्यालको घरबाट पनि ४ तोला सुन चोरी भएको छ । घरमा कोहि नभएको मौका छोपेर सुन चोरी भएको र चोरको खोजी भैरहेको बताइएको छ ।