२०८१ असोज १७ गते बिहिवार
२०८१ असोज १७ गते बिहिवार

राष्ट्रियसभा निर्वाचन – प्रदेश ५ बाट ९ जनाको उम्मेदवारी (नाम सहित)

२० पुस, दाङ । आउँदो माघ ९ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचन को लागि प्रदेश ५ मा ९ जनाको उम्मेदवारी परेको छ । प्रदेश ५ बाट ३ जनाका लागि नेकपा, नेपाली काङ्ग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीका उम्मेदवार सहित ९ जनाको उम्मेदवारी परेको हो ।
उम्मेदवारहरुको नामावली यसप्रकार छ ।
नेपाली काङ्ग्रेसबाट
१. गिरिजादेबी न्यौपाने (दाङ)
२. बालकृष्ण खाड (रुपन्देही)
३. मेराज अहमद हलवाइ (बाँके)
नेकपा बाट
१. जगप्रसाद शर्मा (दाङ)
२. गोपाल भट्टराई (रुपन्देही)
३. बिमला घिमिरे (कपिलवस्तु)
समाजवादी पार्टी
१. सुनिल सिङ्घल (बाँके)
२. कृष्णप्रसाद यादब (बर्दिया)
राष्ट्रिय जनमोर्चाबाट
१. शिब पौडेल (कपिलवस्तु)

प्रदेश ५ को लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङको घोराहीमा स्थापना गरिएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यहरु ८७ जना र स्थानीय तहका प्रमुख र उपप्रमुख गरि ३ सय ५ जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले जनाएको छ ।