२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

विप्लव कार्यकर्ता शाही पश्चिम दाङबाट पक्राउ

दाङ, पुस २० । दाङ प्रहरीले नेत्र विक्रम चन्द(विप्लब) समुहका एकजना कार्यकर्तालाई आइतवार दिउँसो पक्राउ गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी अर्जुन शाहीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएका साधा पोशाकका प्रहरीले पश्चिम दाङवाट पक्राउ गरेका थिए । जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले त्यसको पुष्टि गर्दै शाहीमाथि अनुसन्धान सुरु भएको जानकारी दिए । पक्राउ परेका शाहीमाथि गत स्थानीय तहको निर्वाचनमा तुलसीपुरमा बम विस्फोट गराएको आरोप रहेको प्रहरी स्रोतले बताएको छ ।