२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

विद्यार्थीलाई निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ

२० पुस । होमवर्क नगरेको भन्दै रुपन्देहीमा शिक्षकको कुटाईबाट एक विद्यार्थी गम्भीर घाइते भएका छन् । सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ मा रहेको ज्ञानदिप बोर्डिङ स्कूलका शिक्षक शैलेन्द्र बरईले कक्षा पाँचमा अध्ययनरत् विद्यार्थी तौफिक धुनियालाई कुुटपिट गरी गम्भीर घाइते बनाएका हुन् । कुुटाइबाट विद्यार्थी धुनियाको बाँया आँखामा गम्भीर चोट लागेको छ । लठ्ठीले हानि कुटपिट गर्ने शिक्षक शैलेन्द्र बराइ लाई  हुलाकमार्फत् उजुरी गरेपछि आइतबार मर्चवा इलाका प्रहरी कार्यालयले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्ग खत्रीले जानकारी दिए।