२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

९ वटा बिद्यालयमा समुदायका ब्यक्तिहरुसँँग साक्षात्कार

दाङ, २० पुस । दाङका ९ वटा बिद्यालयमा समुदायका बिभिन्न ब्यक्तिहरुसगँ साक्षात्कार गरिएको छ । टिचफर नेपालले तुलसीपुर उपमहानगरपालिका भित्रका ९ वटा सामुदायिक बिद्यालयहरुमा वान डे ईन्दी स्कुल अर्थात आज एक दिन बिद्यालय भन्ने मान्यताको विकास गर्दै बिद्यार्थीहरुसँग कक्षा कोठामा एक घण्टा साक्षात्कार गराएको हो ।
आज आईतबार माबि कुटेचौरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जिवनको भोगाई,सफताका कडि लगायतका बिषयमा साक्षात्कार गर्नुभएको थियो । टिचफर नेपालका अध्यक्ष,पत्रकार सुशील मैनाली लगायत ९ वटा बिद्यालयमा कम्तीमा ४ जनाको समूह बिद्यालयमा गएको थियो । माबि बालापुरमा उद्योगपति डिल्लीबहादुर बस्नेत लगायत हुनुहुन्थ्यो भने जनजागृति माध्यामिक बिद्यालय पातु बन्गाँउमा तुलसीपुर उपमहानगरपालिकाका शाखा अधिकृत गिरीराज मिश्र,शिक्षा अधिकृत (सातौ) चक्रबहादुर भण्डारी,मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिब सुशील बस्नेत,त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाल,टिचफर नेपालका संयोजक कृष्ण केसीले बिद्यार्थीहरुसँग साक्षात्कार गर्नुभएको थियो । त्यसअवसरमा बिद्यालय परिवारसँग परिचयात्मक र साक्षात्कार कार्यक्रम पछि समिक्षात्मक कार्यक्रम गरीएको थियो । गतबर्ष पनि दाङमा एकदिन बिद्यालय कार्यक्रम सञ्चालन गरिएको थियोे ।