२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

बंगलाचुली गाउँपालिकामा काँग्रेसकाे समायाेजन

दाङ, २० पुस । बंगलाचुली गाँउपालिकामा नेपाली काग्रेसकाे समितिहरू समायाेजन गरिएकाे छ । शनिवार नेपाली काग्रेस दाङ क्षेत्र नम्बर २ (क) प्रदेश क्षेत्रीय समितिकाे पहलमा गाउँपालिका र वडा समिति समायोजन गरिएकाे हाे । क्षेत्रीय सभापति गिरिराज सुवेदी लगायत नेताहरूकाे उपस्थितिमा भएकाे काग्रेसकाे भेलाले जागेश्वर अधिकारी सभापति रहेकाे बंगलाचुली गाँउपालिका समिति गठन भएकाे छ । जसकाे सह-सभापतिमा बलबहादुर वली रहनुभएकाे छ । यस्तै वडातर्फ वडा नम्बर १ काे सभापतिमा भुपरनम पाण्डे, २ काे सभापतिमा अमृत मल्ल, ३ काे सभापतिमा निमबहादुर घर्ती, ४ काे सभापतिमा धनेश्वर पुलामी, ५ काे सभापतिमा केशव घर्ती क्षेत्री, ६ काे सभापतिमा धनबहादुर घर्ती, ७ काे सभापतिमा तेजबहादुर खत्री र ८ काे सभापतिमा ज्ञानहादुर वली चयन हुनुभएकाे छ । बृहत् छलफलबाट सर्वसहमतिमा गाउपालिका र वडा सभापतिहरू चयन गरिएकाे क्षेत्रीय सभापति गिरिराज सुवेदीले जानकारी दिनुभयाे । त्यस अवसरमा भाेजराज पाण्डे, खजराज पाण्डे, कृष्ण सुवेदी, धुर्व पुन, नारायण जिएमकाे उपस्थिति रहेकाे थियाे ।