काठमाडौँ । सेप्टेम्बरदेखि फैलिएको डढेलो कारण अस्ट्रेलियामा कयौँ वन्यजन्तु मरेका छन् । घना जंगल, झरेका पात, सुकेका रुख तथा तीव्र गतिको हावाका कारण आगो अनियन्त्रित भएको हो । आगलागी नियन्त्रणमा आउन सकिरहेको छैन । निरन्तरको डढेलोका कारण ५० करोड वन्यजन्तुहरु मारिएको त्यहाँस्थित इकोलोजिस्टहरुले दाबी गरिरहेका छन् । डढेलोका कारण त्यहाँका संरक्षित एवं लोपन्मुख वन्यजन्तुहरु विनाशको अवस्थामा पुगेको उनीहरुले बताएका छन्।